काठमाडौं, जेठ १८
सनराइज बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको कोभिड–१९ बीमा गरेको छ । बैंकले कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरूको कोभिड–१९ बीमा गराएको हो । कोभिड–१९ बीमाअन्तर्गत प्रत्येक कर्मचारीहरूको एक लाख रूपैंया बराबरको सामूहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको बैकले जानकारी दिएको छ ।
बीमा लेख सम्झौताअनुसार बैंकको कर्मचारीहरूमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमादाबी गर्न सकिने बैंकले जानकारी दिएको छ । सम्झौताले आफ्ना कर्मचारीहरूको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरूलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ । बैंकले कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामग्रीहरू समेत उपलब्ध गराउँदै आएको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया