रिलायन्स फाइनान्सको नाफा ऋणात्मक
काठमाडौं । रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खुद नोक्सानी व्यहोरेको छ । फाइनान्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा पाँच करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा भने फाइनान्सले तीन करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
चुक्ता पुँजी एक अर्ब १२ करोड १४ लाख ५२ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ६५ करोड ४३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २२ करोड ५८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५८ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३१ करोड २८ लाख ११ हजार रुपैयाँ फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ६५ करोड ९८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १९ करोड १५ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ६५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ८९ प्रतिशत कर्जा खराब रहेको थियो भने स्प्रेडदर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया