‘सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिसम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार सुरु भएको क्यान इन्फोटेक मेलामा उनले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।
विश्वमा सूचना प्रविधिको विकासले तीव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाइदा लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रूपमा काम गर्न सक्छ । हाम्रा थुप्रै युवाहरूलाई रोजगारीको मूल प्रवाहमा ल्याउन सकिन्छ ।’ सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय ठूला कम्पनीको ब्याकअपका रूपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने उनले बताए ।
अन्तर्राष्ट्रिय आईटी कम्पनीका लागि सर्पोट एवम् विभिन्न एप्सहरू बिक्रीमार्फत नेपालले गत वर्ष झण्डै ६८ अर्ब रुपैयाँ आम्दानी गरेको उनको भनाइ थियो ।
मुलुकको आर्थिक समृद्धिका लागि अबको प्राथमिकता आईटी क्षेत्र र सोहीअनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल अर्थतन्त्रमार्फत आर्थिक गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए । डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया