नासाले नयाँ जलवायु कार्यक्रम शुरु
लसएन्जलस । नासाले महासागर, वायुमण्डल अध्ययन गर्न नयाँ जलवायु कार्यक्रम सुरु गरेको छ । महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न बिहीबार एउटा नयाँ उपग्रह मिसन प्रक्षेपण गरेको हो ।
सो प्रयोजनाका निम्ति पेस नाम दिइएको प्लान्क्टन, एरोसोल, जलवायु, महासागर इकोसिस्टम उपग्रह एक स्पेस एक्स फाल्कोम–९ रकेटमा १ः३३ बजे फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको थियो ।
नासाले प्रक्षेपण भएको पाँच मिनेटपछि सो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको बताएको छ । नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा सूक्ष्म जीवन र पृथ्वीको सयौं माइल माथिबाट हावामा सूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ ।
यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी, देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने बताइएको छ ।
वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक अल्गल ब्लुमहरू ट्र्याक गर्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ ।
अन्तरिक्ष यानले दुई पोलारिमिटर उपकरणहरू पनि बोक्नेछन् जसले कसरी सूर्यको प्रकाशले वायुमण्डलीय कणहरूसँग अन्तरक्रिया गर्छ भन्ने अध्ययनमा सहजता ल्याउने छ ।
साथै अनुसन्धानकर्ताहरूलाई वायुमण्डलीय एरोसोल र क्लाउड गुणहरूका बारेमा पनि नयाँ जानकारी दिइने छ । साथै स्थानीय, क्षेत्रीय र विश्वव्यापीरूपमा विकसित वायुको गुणस्तर मापनका निम्ति पनि यो प्रविधिले सहजता थप्नेछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया