Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमोबाइल नेटवर्क बन्द गरेर पाकिस्तानमा मतदान

मोबाइल नेटवर्क बन्द गरेर पाकिस्तानमा मतदान


इस्लामावाद । पाकिस्तानमा बिहीबार मतदान सम्पन्न भएको छ । देशभर मोबाइल सेवा बन्द गरेर मतदान भएको छ । गृह मन्त्रालयले सूचना जारी गरेर सुरक्षाका लागि मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएकोे जनाएको थियो ।

पूर्वप्रधानमन्त्री इमरान खानको कारागार र उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)लाई सैन्य नेतृत्वमा स्थापना गरिएको प्रतिस्थापनले छायाँमा पारेको अभियानपछि मतदान सर्वेक्षकहरुले कम मतदाताले मतदान गर्ने भविष्यवाणी गरेका थिए ।

पाकिस्तानमा तीन सय ३६ सिटका लागि निर्वाचन भएकोे हो । सरकार बनाउन कम्तिमा एक सय ६९ सिट आवश्यक पर्छ । निर्वाचनमा राष्ट्रिय र चार प्रान्तीय विधानसभाका सिटहरुका लागि करिब १८ हजार उम्मेदवार उठेका छन् ।

बिहीबार भएको मतदानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)ले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ । नतिजा शुक्रबार बिहानसम्म आउने सम्भावना नभएपनि पहिलो नतिजा आउने अपेक्षा गरिएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया