माल्दिभ्समा ऋण संकटको उच्च जोखिम
माल्दिभ्स । माल्दिभ्स सार्वजनिक ऋण संकटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले जनवरी २३ देखि फेब्रुअरी छ सम्म माले भ्रमण गरेपछि माल्दिभ्स बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको दबाबमा रहेको रिपोर्ट सार्वजनिक गरेको हो ।
माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३ दशमलव नौ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा चार दशमलव चार प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । सन् २०२४मा पर्यटक आवागमन पाँच दशमलव दुई प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्वभर इन्धनको बढ्दो मूल्य र व्यापक आयातले मल्दिभ्सले ठूलो घाटा ब्यहोर्नुपर्ने अनुमान नपनि आइएमएफले गरेको छ । महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान गरिएको छ । बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर आर्थिक लागतका जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सङ्कट कम गर्न, सार्वजनिक वित्त तथा ऋणको दिगोपन पुनः स्थापना गर्न कडा मौद्रिक र विवेकपूर्ण नीतिसहित दिगो वित्तीय सुदृढीकरण आवश्यक रहेको पनि आइएमएफले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया