बाँसबारी छाला जुत्ता कारखाना प्रकरणविरुद्ध अखिल क्रान्तिकारीद्वारा प्रदर्शन
काठमाडौं । महाराजगञ्जस्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको विरुद्ध अखिल क्रान्तिकारी(विप्लप निकट) विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । बाँसबारीस्थित चाँदबाग स्कूल नजिकै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा करिब २५ जनाको समुहले आज शुक्रबार दिउँसो विरोध गर्दै आन्दोलन गरेका हुन् ।
बाँसबारी छाला जुत्ता कारखानाबाट गैर–कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण माग गर्दै उनीहरुले विरोध प्रदर्शन सुरु गरेका थिए । त्यसैगरी, उनीहरुले १० रोपनी कब्जा भएको सरकारी जमीन फिर्ता गर, भूमाफियाहरु मुर्दाबाद, सिजी एजुकेशन फाउन्डेसनद्वारा संचालित चाँदबाग स्कूललाई तत्काल राष्ट्रियकारण गर लगायतका नारा लगाएका थिए ।
यसअघि महाराजगञ्जस्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितमान सिंह थापालगायत तीन जनालाई पक्राउ गरेको थियो । अहिले उनीहरु तीनै जना हाजिरी जवानीमा छुटिसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया