Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फ रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गत मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३२ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन(शान्ति सेना)मा खटिएका नौ जना बाहेक २३ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

सो अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएका पदिकहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो । लामो समय सेनामा रहेर योगदान पुर्याएका एवं अनुभवी पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया