नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड ७७ लाख
काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आवको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १२ दशमलव ९० प्रतिशतको वृद्धि भएकोे छ । चालू आर्थिक वर्षको पहिलो छ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. दुई हजार दशमलव शून्य छ करोड रहेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १८ सय ६२ दशमलव ७२ करोडको तुलनामा सात दशमलव ३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले समीक्षा अवधिमा रु तीन अर्ब १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो । नवीकरण बीमाशुल्क १६ अर्व ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरूको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाबमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा १८ हजार छ सय १० दशमलव २१ करोड भरपर्दाे एवम् सुरक्षित क्षेत्रमा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब एक सय ५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१ दशमलव ७४ प्रतिशतले वृद्धि भई करिब एक सय ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ति कोषमा एक अर्ब चार करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ एक अर्ब तीन करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० दशमलव ४२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव शून्य एक रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२ दशमलव ८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४ सय एक रुपैयाँ र औसत प्रतिफल दर १० दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारीरूपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूको घरदैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तता प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । साथै, यस प्रगतिमा अहोरात्र साथ दिनुहुने समस्त सरोकारवालालाई प्रमुख कार्यकारी अधिकृत पराजुलीले धन्यवाद ज्ञापन गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया