कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं मनपा वडा नं ३, रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिकाअन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेन्डर सर्भिस बुथ निर्माण गरिएको हो ।
उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सीता थापाले गरेका थिए । उक्त समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरूलाई व्यवस्थित बनाउनका लागि बैंकले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरे । उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य महानुभावको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया