विश्वभर कोरोना संक्रमित ६० लाखभन्दा बढी
काठमाडौं, जेठ १८
शनिबारसम्ममा विश्वभर संक्रमितको संख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्बद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या तीन लाख ६७ हजार ५ सय ४१ भन्दा बढी पुगेको जनाएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ९४ हजार १ सय ५३ रहेको छ भने एक लाख चार हजार ५ सय ५० संक्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने संक्रमित व्यक्तिको संख्या पाँच लाख १९ हजार ६ सय ११ पुगेको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्य अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् । बढी प्रभावित दक्षिण एशियाली मुलुकमा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । भारतमा संक्रमितको संख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४ सय ५७, बंगलादेशमा ४४ हजार ६ सय ८ र अफगानिस्तानमा १४ हजार संक्रमित रहेका छन् ।
नेपालमा शनिबारसम्म संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ भने छ जनाको मृत्यु भएको छ । ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । विश्वव्यापी महामारीबाट बढी प्रभावित मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस संक्रमणका विगत २४ घण्टाको समयमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
ब्राजिलमा शनिबारसम्म २७ हजार ८७८ कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । ‘शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या चार लाख ६५ हजार १ सय ६६ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार १ सय २४ पुगेको छ’, मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कूल २६ हजार ९२८ व्यक्तिमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति संक्रमित भेटिएका छन् भने करिब सात हजार ३०० संक्रमित व्यक्तिको मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका सहर रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया