कार्यसम्पादनमा उत्कृष्टता प्रस्तुत गर्दै सियारी
बुटवल । सियारी गाउँपालिका, रुपन्देहीले पालिकाबाट हुने सेवा प्रवाहमा एकपछि अर्को उत्कृष्टता प्रस्तुत गर्दै कार्यसम्पादन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीका अनुसार गाउँपालिकाले विभिन्न सूचकांकहरूमा उत्कृष्टता नतिजा प्राप्त गरेको छ ।
सीमित स्रोत र साधनमा बाबजुत पनि उच्चतम प्रतिफल दिने हिसाबले कार्यसम्पादन गरेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत पन्थीले गाउँपालिकाको मूल्याङ्कन गर्ने धेरै आधारहरू हुने र ती सबै आधार तथा सूचकांकहरूमा पालिकाले धेरै प्रगति गर्दै अगाडि बढेको बताए । बजेट खर्च गर्नेमा पनि रुपन्देहीका स्थानीय तहहरूमा सियारी पहिलो भएको उनको दाबी छ । यस्तै बेरुजु पनि अति न्यून हुँदै गएको उनले जानकारी दिए । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा जिल्लाका दश वटा गाउँपालिकामध्ये सियारी पहिलो हुन सफल भएको छ ।
जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्नु स्थानीय तहको मुख्य जिम्मेवारी भएको प्रमुख प्रशासकीय अधिकृत पन्थी बताउँछन् । गाउँपालिकाले उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखेको छ । साना किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले अधिक्तम दश कठ्ठा माछापालन गर्ने कृषकलाई प्रति केजी पाँच रुपैयाँ र दुधमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा, यान्त्रीकरणमा ५० प्रतिशत, घाँसको बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ । चालू आर्थिक वर्षमा भौतिक प्रगति धेरै भए पनि उल्लेख्यरूपमा वित्तीय प्रगति हुन नसकेको लेखा अधिकृत नारायण पौडेलले बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया