मधेश र गण्डकी प्रदेशको फोरजी सेवामा एनसेलको सुधार
काठमाडौं । एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । कम्पनीले आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तीव्रता दिँदै गएको हो । सोअनुसार यी क्षेत्रका ३० भन्दा बढी स्थानमा फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले यी स्थानहरूका फोरजी सेवामा थप सुधार गरेकोे हो । कम्पनीका अनुसार मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, यसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ । फोरजी सेवामा सुधार भएका क्षेत्रहरूमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरू रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्क विस्तार गरिएको छ । देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । हालै मात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरूमा फोरजी सेवा सुधार गरेको थियो । सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । मंगलबार, एनसेलले तीन वटा डबल मजा प्याकहरू सञ्चालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्त गरी यसको फाइदा लिन सक्छन् ।
यस्तै, एनसेलले मधेश र गण्डकी प्रदेशमा विभिन्न व्यावसायिक सामाजिक जिम्मेवारीका आयोजनाहरू पनि कार्यान्वयन गरेको छ । आधुनिक डिजिटल ल्याब आयोजनाले सरकारी÷सामुदायिक विद्यालयहरूका हजारौँ विद्यार्थीहरूलाई आधुनिक सिकाइ विधिहरूमा पहुँचका साथ प्रत्यक्षरूपमा लाभान्वित बनाएको छ भने एडप्ट ए स्कुल कार्यक्रमले विद्यालयका पूर्वाधार विकासमा योगदान गरेको छ । मधेश प्रदेशमा एनसेलले चार वटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षाकोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ । त्यसैगरी, धनुषा धाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन वमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा एनसेलले पाँच वटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने एडप्ट ए स्कुल कार्यक्रममार्फत छ वटा विद्यालयलाई कक्षा कोठा निर्माण, खानेपानीको सुविधा, फर्निचर, शौचालय निर्माण र शैक्षिक सामग्री उपलब्ध गराएको छ । व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले हालसम्म देशभर विभिन्न सामाजिक कार्यहरूमा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।
एनसेलले २०७४ जेठ १८ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको र कुल जनसंख्याको ९२ दशमलव शून्य नौ प्रतिशत जनतामाझ यो सेवा पुगेको कम्पनीको दाबी छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४ दशमलव शून्य प्रतिशत रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया