कालङ्गा हाइड्रो र ज्योति क्यापिटलबीच सम्झौता
काठमाडौं । कालङ्गा हाइड्रो लिमिटेड र ज्योति क्यापिटलबीच सम्झौता भएको छ । हाइड्रो कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर जारी गर्नको लागि ज्योति क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीका अनुसार ४९ लाख कित्ता साधारण सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ ।
कालङ्गा हाइड्रो लिमिटेडको रजिस्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालङ्गा हाइड्रो लिमिटेडको तर्फबाट सञ्चालक तीर्थराज चटौतले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया