अनरको एक्सनाइन बी फाइभजी एक हप्तामै ‘आउट अफ स्टक’
काठमाडौं । छिमेकी मुलुक चीनमा अत्यधिक बिक्री हुने अनरको एक्सनाइन बी फाइभजी नेपाली बजारमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको छ ।
कम्पनीले आयात भएको सम्पूर्ण संख्या बिक्री भएको सूचनामार्फत् जानकारी दिएको हो । पहिलो हप्तामै सम्पूर्ण इकाइहरूबाट बिक्री गरेसँगै आउट अफ स्टकको उपलब्धि मनाउँदै छ । यो फोन स्मार्टफोन क्षेत्रमै पहिलो पटक एसजीएसबाट फाइभ स्टार रेटिङ पाएको फोन हो ।
विक्रेता कम्पनीले यो स्मार्टफोन केही दिनमा फेरि बजारमा ल्याइने जनाएको छ । सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा अल्ट्रा बाउन्स ड्रप रेजिस्टेन्स सर्टिफिकेसनसहितको बलियो र अल्ट्रा–टफ डिस्प्लेको विशेषता रहेको छ ।
यस फोनमा २५६ जीबीको स्टोरेज क्षमता रहनुको साथै यसले थप ८ जीबी भर्चुअल एक्सटेन्सनको साथमा १२ जीबीसम्मको मेमोरी पावर पनि प्रदान गरेको छ ।
यस फोनमा १०८ एमपीको रियर क्यामेरा, ५ एमपीको अल्ट्रावाइड र पछाडि २ एमपीको म्याक्रो लेन्स क्यामारा रहेको छ । साथै यसमा ५ हजार ८ सय मेगाहर्ज क्षमताको ब्याट्री रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया