रियलमीको मेमोरी च्याम्पियन सी ५१ नयाँ भेरिएन्टमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी ५१ नयाँ भेरियन्टमा बजारमा आएको छ । ४÷१२८ जीबीको स्टोरेज भेरिएन्टमा कम्पनीले आकर्षक ग्लिटरी लुकमा १४ हजार चार सय ९९ रुपैयाँमा बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सी ५१ ले ग्राहकलाई फोटोग्राफीको प्रशस्तै डाइमेन्सनहरू एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्वीर खिच्न सक्छ । सात दशमलव ९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सी ५१ ले कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्छ । ३३ वाट क्विक चार्जको सुविधा भएको यो फोनमा शक्तिशाली पाँच हजार एमएएचको ब्याट्री राखिएको छ । रियलमी सी ५१ मा ४ जिबी सम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७ दशमलव १३ सेन्टिमिटर (छ दशमलव ७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ । यस्तै कम्पनीको ४÷६४ जीबी स्टोरेज भेरिएन्ट पनि १३ हजार चार सय ९९ रुपैयाँमा बजारमा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया