ललितपुर–१ का ८० प्रतिशत घरधुरीमा कम्पोस्ट विन
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १ कोपुन्डोल क्षेत्रमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सकिने कम्पोस्टविन वितरण गरिएको छ । वडामा रहेका एक हजार एक सय ५० घरधुरीमध्ये करिब ८० प्रतिशत घरमा कम्पोस्टविन वितरण गरिएको हो ।
घरको जैविक फोहोरबाट कम्पोस्ट मल बनाएर प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ । वडा सदस्य हरिहर तन्डुकारका अनुसार कम्पोस्टविन वितरण कार्यक्रम दुई वर्षअघिदेखि नै सुरु गरिएको हो । कम्पोस्टविनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्न सकिने उनले बताए । कम्पोस्टविन वितरणले वातावरणमैत्री स्वच्छ र सफा वडा निर्माण गर्ने कार्यमा टेवा पुर्याउने उनको भनाइ छ । यस कार्यक्रमलाई यस वर्ष शतप्रतिशत सम्पन्न गर्ने उनले जानकारी दिए । ललितपुर महानगरपालिका १ का वडा अध्यक्ष निर्मल तण्डुकारले एक घर एक कम्पोस्टविन अभियान नै सुचारु गरी वितरण गरिएको र यसले कौशीखेती गर्नमा समेत प्रोत्साहित गरेको बताए । यसमा उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी विभिन्न जातको तरकारी फलाउन सकिन्छ ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया