Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्सको नाफा ऋणात्मक

रिलायन्स फाइनान्सको नाफा ऋणात्मक


काठमाडौं । रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खुद नोक्सानी व्यहोरेको छ । फाइनान्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा फाइनान्सले पाँच करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा भने फाइनान्सले तीन करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

चुक्ता पुँजी एक अर्ब १२ करोड १४ लाख ५२ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ६५ करोड ४३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २२ करोड ५८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५८ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३१ करोड २८ लाख ११ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया