Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफको अन्तर्क्रिया कार्यक्रम

प्रभु महालक्ष्मी लाइफको अन्तर्क्रिया कार्यक्रम


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अन्तर्क्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अभिकर्ताबीच आपसी साथ सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तर्क्रिया कार्यक्रमले अभिकर्ताहरूमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रभु महालक्ष्मी लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रीकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवम् प्रेरणादायी प्रस्तुतीकरण दिएका थिए । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडीआरटी २०२४ मा छनौट हुनुभएका अभिकर्ताहरूलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्किमअन्तर्गत लक्की ड्रमार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया