टेलिकमको नाफा सात प्रतिशतले घट्यो
काठमाडौं । नेपाल टेलिकमको नाफामा सात प्रतिशतभन्दा बढीले कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (पुस मसान्त)सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यस वर्ष तीन अर्ब ९३ करोड १४ लाख तीन हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सोही अवधीमा गत आव चार अर्ब २५ करोड ४७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको नाफा गत आवको तुलनामा यस वर्ष ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँ (अर्थात् सात दशमलव ६० प्रतिशत)ले कमी भएको हो । यस्तै, कम्पनीको कुल आयमा पनि तीन दशमलव ५८ प्रतिशतले कमी आएको छ । कम्पनीको यस आवको दोस्रो त्रैमासिक अवधिमा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ कुल आय रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आय २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल आयमा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कमी आएको हो । यसैगरी कम्पनीको दोस्रो त्रैमासको सञ्चालन आयमा पनि कमी आएको छ । कम्पनीको चालू आवको दोस्रो त्रैमासिक अवधिमा कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय १८ अर्ब सात करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३ दशमलव ६८ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत वर्षको तुलनामा यस वर्ष करिब ५२ करोड ९२ लाख ७५ हजार रुपैयाँले कमी भएको छ । यस्तै, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड सात लाख रुपैयाँले कमी भएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया