भीमदत्त नगरपालिकाका भूमिहीन विपन्न परिवारलाई आवास
महेन्द्रनगर, जेठ १९
भीमदत्त नगरपालिकाका विपन्न र भूमिहीन परिवारले यस वर्ष आफ्नै घरमा बस्न पाउने भएका छन् । यस वर्ष नगरपालिकामा जनता आवास कार्यक्रमअन्र्तगत २२ परिवारका घर निर्माण हुन लागेका हुन् । ती सबै परिवारको घर निर्माण सुरु गरी सकिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा.दिपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, भीमदत्त नगरपालिका र हेभिवेट इन्टरनेशनलको साझेदारीमा घर निर्माण हुन लागेका हुन् । जनता आवास कार्यक्रम गत वर्षदेखि सञ्चालन गरिएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत सबैभन्दा बढी वडा नं. ९ र १० मा १०/१० घर निर्माण हुन लागेका छन् ।
वडा नं. ९ को जमुनाभाडीको वादी समुदायको बस्तीमा घर बनाउन थालिएको छ । वादी समुदाय पुस्तौंदेखि भूमिविहीन छ । कार्यक्रमअन्तर्गत वडा नं. ३ र ६ मा एक/एक घर निर्माण सुरु गरिएको छ । ती सबै घर शौचालयसहितको दुई कोठाका छन् । घर निर्माण सुरु गरिएपछि भूमिहीन विपन्न परिवार खुुसी छन् । गत वर्ष भीमदत्त नगरपालिकाका कार्यक्रमअन्तर्गत १५ परिवारका घर निर्माण गरिएका थिए । घर निर्माणमा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट ५० लाख, भीमदत्त नगरपालिका १० लाख र हेभिवेटको २० लाख खर्च साझेदारी गरिएको छ । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, उप–प्रमुख सुशिलाचन्द सिंहले घर निर्माणको स्थलगत अनुमगन गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया