Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित कर्जा योजना

महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित कर्जा योजना


काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरू ल्याएको छ ।

सो योजनाअन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा मात्र १० दशमलव ९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । उपरोक्त तिनै प्रकारको कर्जाहरूमा पहिलो एक वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्न सकिनेछ । साथै, आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

उक्त योजनाअनुसार आवासीय÷व्यापारिक घर÷जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुनर्निर्माण÷मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जाअन्तर्गत न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोड रुपैयाँसम्मको कर्जा प्रदान गरिनेछ । साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि १० दशमलव ९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ । त्यसैगरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने बताइएको छ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि दुई वर्ष र अधिकतम अवधि पाँच वर्षसम्म रहनेछ । बैंकका अनुसार विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया