वुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार
काठमाडौं । बज्र ग्रुपको अटोमोबाइलअन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागू गरेको छ । सोअनुसार वुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको आँैठी उपहार पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो स्किम निश्चित समयको लागि मात्रै लागू गरिएको छ । वुलिङ गाडी दुई सय किमि र तीन सय किमिमा उपलब्ध छ । सो गाडी किन्नको लागि नक्साल, भैँसेपाटी सोरुम जान सकिने कम्पनीले जनाएको छ । गाडीमा आठ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ । यसैगरी स्कुटर भने नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निङ स्कुटर १२ वटा फरक मोडेलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लेभ्लिङ ई स्कुटरको मूल्य एक लाख १५ हजार रुपैयाँदेखि सुरु हुने बताइएको छ । स्कुटरमा दुई वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया