Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाराही हस्पिटालिटीका होटल तथा रेस्टुरेन्टमा विशेष अफर

बाराही हस्पिटालिटीका होटल तथा रेस्टुरेन्टमा विशेष अफर


काठमाडौं । बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टमा भ्यालेन्टाइन डे(प्रणय दिवस) को अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ ।

काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई छ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् । साथै, स्ट्यान्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोजसहितको मज्जा जोडीले सात हजार रुपैयाँमै लिन पाउनेछन् । साथै, होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको छ । यस्तै, बाराही जंगल लजमा फागुन २ मा सात हजार रुपैयाँमा जोडीलाई बफेटको मज्जा लिन सकिनेछ । यस्तै, बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडीसहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रमअन्तर्गत रोमान्टिक क्यान्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्सलगायतको व्यवस्था गरेको छ ।

हस्पिटालिटीअन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रतिजोडी सात हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा छ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ । यस्तै, सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ‘रोमान्टिक डिनर’ मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।

पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेसल अफर सार्वजनिक गरेको छ । यसमा डिलक्स रुम, रुमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनरलगायतका आकर्षक विशेषता समावेश छन् । प्रतिजोडीका लागि आठ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया