बक्यौता नतिर्ने पाँच सय ११ व्यवसायीको एक्जिम कोड बन्द
विराटनगर । विराटनगर भन्सार कार्यालयले बेरुजु देखिएको रकम फर्छ्यौट नगर्ने र सरकारको निर्देशन समेत पालना नगर्ने पाँच सय ११ ब्यवसायीक फर्म र केही उद्योगसम्मको एक्जिम कोड बन्द गरेको छ । विराटनगर भन्सार कार्यालयले पुराना कारोबारका प्रज्ञापनपत्रबाट देखिन आएको थप छुट राजस्व असुल गर्न थालेपछि महालेखाले बेरुजु ठहर्याएका ११ वर्ष पुराना कारोबारबाट राजस्व असुल गरेको बताइन्छ ।
आन्तरिक लेखा परीक्षणबाट बेरुजु देखिएको कारोबारबाट राजस्व असुल गरेको विराटनगर भन्सारले जानकारी दिएको छ । विराटनगर भन्सार कार्यालयले बेरुजु फछ्र्यौटबाट माघ मसान्तसम्ममा तीन करोड ५० लाख रुपैयाँ राजस्व असुल उपर गरी सकेको जानकारी दिएको छ । महालेखाको प्रतिवेदनमा विराटनगर भन्सार कार्यालयले ४५ करोड रुपैयाँ बेरुजु फछ्र्याैट गर्नुपर्ने देखाएको छ । यो रकम आर्थिक वर्ष २०६९/७० देखि हालसम्मको भएको बताइएको छ ।
बेरुजु रकम असुलीसँगै कार्यालयले विभिन्न उद्योग र प्रतिष्ठानका गरी पाँच सय ११ वटा निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) बन्द गरेर तिनले गर्न पाउने आयात तथा निर्यातमा रोक लगाइसकेको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले जानकारी दिए । थप एक सय बढी व्यवसायीको एक्जिम कोड एक हप्ताभित्रमा बन्द हुने अवस्थामा रहेको पनि प्रमुख ढकालले जानकारी दिए । आयात तथा निर्यात गर्ने व्यवसायीले भन्सार कार्यालयबाट सम्बन्धित उद्योग वा प्रतिष्ठानका नाममा एक्जिम कोड लिनुपर्ने अनिवार्य कानुनी व्यवस्था छ । कार्यालयले यस्तो एक्जिम कोड बन्द गरेको अवस्थामा सम्बन्धित उद्योग वा प्रतिष्ठानका नाममा आयात तथा निर्यात ठप्प हुनेछ ।
विराटनगर भन्सार कार्यालयमा हाल दुई हजार चार सय एक्जिम कोड दर्ता कायम रहेका छन् । अहिले तीमध्ये एक हजार दुई सय एक्जिम कोडबाट विराटनगर भन्सार नाका प्रयोग गरी आयात तथा निर्यात भइरहेको प्रमुख ढकालले जानकारी दिए । महालेखाको प्रतिवेदनमा बेरुजु भनेर अंकित भइसकेको रकमलाई अर्को प्रतिवेदनले फर्छ्यौट गर्नुपर्दैन भनेर अभिलेखबाट नहटाएसम्म सरकारी बाँकीका रूपमा रहिरहने हुुँदा जुुन समयमा पनि सरकारी निकायले यस्तो रकम असुलउपर गर्न सक्ने छ । सोहीअनुसार अहिले महालेखाको निर्देशनअनुसार विराटनगर भन्सारले बेरुजु असुलीलाई तीव्रता दिएको प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया