Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘धुलिखेल जिपलाइन’ पाँच वर्ष पूरा

‘धुलिखेल जिपलाइन’ पाँच वर्ष पूरा


काठमाडौं । धुलिखेल जिपलाइनले स्थापनाको पाँच वर्ष पूरा गरेको छ । सन् २०१९ को फेब्रुअरी १४ बाट सञ्चालनमा आएको यस जिपलाइनले पाँच वर्षको अवधिमा जिपलाइनको क्रेज बसाल्न सफल भएको छ ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेल जिपलाइन सञ्चालनमा ल्याएको हो । राजधानी काठमाडौंबाट ३५ किलोमिटरमात्रै भएकाले पनि धुलिखेल उपत्यकावासीको सहज गन्तव्य हो । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बनेको छ । काठमाडौंबाट नजिकैको दूरीमा रहेको धुलिखेलमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेन्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइनको मज्जा लिन मिल्ने भएकाले पनि यो सबैको रोजाइमा परेको धुलिखेल जिपलाइनका सीईओ भुपेश श्रेष्ठ बताउँछन् । तीन हजार रुपैयाँमै फोटो, भिडिओसहित जिपलाइन खेल्न पाइने भएपछि यसको लोकप्रियता पनि ह्वात्तै बढेको हो ।

सुपरम्यान र टेन्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दैनिक सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ । समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा रहेको टप स्टेसनबाट सुरु भएको यात्रा बटम स्टेसनमा पुग्दा एक सय मिटर मात्रै तल झर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया