Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्रिएसन र कोका—कोलाद्वारा दोस्रो साताको राहत वितरण

क्रिएसन र कोका—कोलाद्वारा दोस्रो साताको राहत वितरण


काठमाडौं, जेठ १९
क्रिएसन नेपालले द कोका—कोला फाउन्डेसनको सहयोगमा आयोजना गरेको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्साअन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरुमा दोस्रो हप्ताको राहत वितरण कार्य सम्पन्न भएको छ । उक्त टोलीले भक्तपुर र काठमाडौंका करिब १ सय ६० जना सफाइकर्मीहरुलाई रक्षात्मक जमसुट र रासन प्याकेजहरु वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सबिन प्रधानको उपस्थितिमा वितरण गरिएको थियो ।

त्यस्तै काठमाडौंको राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको उपस्थीतिमा दोस्रो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो । यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनहरुमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानिलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाइकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुटसहित २ सय ५२ भन्दा बढी रासन प्याकेजहरु र १ सय ७५ रक्षात्मक सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसिएटिभ र नेप्सेम्याकहरुको सहयोगमा सञ्चालन भएको कम्पनीले जनाएको छ ।

सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट सुरु भएको हो जसमार्फत हालसम्म ११०० भन्दा बढि सफाइकर्मीहरु रासन प्याकेजहरु र रक्षात्मक सामग्री साथ—साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् । यो परियोजना नेपालभरका ३२०० सफाइकर्मीहरुलाई सकारात्मक लाभ पु-याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा सुरु गरिएको थियो । यो परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिरहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाइकर्मीको उत्थानमा मद्दत पु¥याउने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x