हलेसी तुवाचुङ र नाम्खाबीच मितेरी सम्बन्ध
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिकाबीच मितेरी साइनो गाँसिएको छ । शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा दुई स्थानीय तहबीच मितेरी गाँसिएको हो । सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले ती दुई स्थानीय तहबीच मितेरी साइनो गाँसिएको हो ।
कार्यक्रममा हलेसीकी नगरप्रमुख विमला राई र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाबीच मायाको चिनो साटासाट गरिएको नाम्खा गापाका प्रशासन प्रमुख मोहनबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार उक्त कार्यक्रममा दुई स्थानीय तहका वडाध्यक्षहरूबीच पनि मायाको चिनो साटासाट गरिएको थियो ।
दुई पालिका धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका छन् । नाम्खामा रिङ्छेलिङ गुम्बालगायतका धार्मिक स्थल पनि छ । त्यहाँबाट ऐतिहासिक मानसरोवर नजिकै देखिन्छ । मानसरोवर पुग्न नसक्नेहरू नाम्खाबाटै मानसरोवरको दृश्य हेरेर फर्किन्छन् । हलेसी पनि किराँत, हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल हो । यहाँ वर्षेनि लाखौँ धार्मिक पर्यटक जाने गर्छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिको साथै कर्मचारीहरूको पनि उपस्थिति थियो ।
क्याटेगोरी : पालिका समाचार, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया