भारतमा कर विभागद्वारा विपक्षी दलको बैंक खाता रोक्का
नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल कांग्र्रेसले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैंक खाता रोक्का गरेको जनाएको छ । कांग्रेस प्रवक्ता अजय माकनले शुक्रबार पत्रकार सम्मेलन गरी बैंक खाता रोक्का गरिएको जानकारी दिएका हुन् । आयकर विभागले आर्थिक वर्ष २०१८/१९का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारतीय रुपैयाँको भुक्तानी माग गरेको माकनले जानकारी दिए । उनले पार्टीले त्यस्तो जरिवाना तिर्न नपर्ने भन्दै पार्टीलाई किनारा लगाउने उद्देश्यले बैंक खाता रोक्का गरिदिएको दाबी गरेका छन् ।
आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गरी कानून प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन् । गतवर्ष कांग्रेस नेता राहुल गान्धीलाई मोदीको पार्टीका एक नेताले उजुरी गरेपछि आपराधिक मानहानीको अभियोगमा दोषी ठहर गरिएको थियो ।
गान्धीलाई दुई वर्षको जेल सजाय सुुनाइएको थियो भने केही समयका लागि संसदबाट अयोग्य घोषित गरिएको थियो । पछि अदालतबाट विपिक्षी नेताको पक्षमा भएको फैसलापछि उक्त आरोप स्वतः निस्प्रभावी भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया