धितोपत्र बजारमा सूचीकृत नभएका कम्पनीले सेयर रजिस्ट्रारको सेवा लिन सक्ने
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीहरूले पनि सेयर रजिस्ट्रारको सेवा लिन सक्ने भएका छन् । एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी तथा प्राइभेट लिमिटेड कम्पनीलाई समेत सेयर रजिस्ट्रारको सेवा प्रदान गर्ने भएको हो ।
क्यापिटलले नेपालमै पहिलो पटक मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘आइडिया टु आईपीओ’ नामक सेवा सञ्चालन गरिरहेको छ । यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको उद्देश्यदेखि कम्पनी स्थापना, स्केल अपः विस्तार, वृद्धि, थप विस्तार हुँदै आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन कम्पनीलाई आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने गरेको छ । हालसम्म क्यापिटलको २२ वटा कम्पनीहरूसँग दुई पक्षीय सम्झौता सम्पन्न गरेको छ । पाँच वटा प्राइभेट लिमिटिड कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशनको कार्य समेत गरिसकेको जनाएको छ ।
कम्पनीले सो सेवाअनुसार प्रचलित कानुन तथा सम्बन्धित नियमनकारी निकायले तोकेबमोजिमको प्रतिवेदन तयार गरिदिने तथा तोकेको समय सीमाभित्र सम्बन्धित निकायहरूमा पेस गर्नुपर्ने विवरण तथा कागजात तयार गर्न आवश्यक सहयोग गर्नेछ । यस्तै, कम्पनीको सेयर कारोबार गर्नको लागि ओटीसी मार्केटमा सूचीकरण गरिदिने, ओटीसी मार्केट वा अन्य आपसी समझदारीमार्फत कारोबार भई आएका कारोबारहरूको दाखिला÷खारेज वा नामसारीको लागि आवश्यक प्रक्रिया पूरा गरी÷गराई सेयरधनीहरूको लगत अद्यावधिक बनाई राख्ने, कम्पनीको आवश्यकताअनुसार विशेष साधारणसभा गर्न सहयोग गर्ने, साधारणसभाबाट पारित लाभांश वितरण गरिदिने, कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न परामर्श दिने, कम्पनी रजिस्ट्रारको कार्यालयबाट सेयर लगत प्रमाणीकरण, सञ्चालक लगत र कम्पनी अद्यावधिक पत्र लिनेलगायतका सम्पूर्ण सेवा उपलब्ध गराउनेलगायतका कार्य गर्नेछ । क्यापिटलको यो सेवा जुन सुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरूले लिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया