Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीडब्लुएम नेपालको ओरा ०३ ईभीमा पाँच लाखसम्मको लाभ

जीडब्लुएम नेपालको ओरा ०३ ईभीमा पाँच लाखसम्मको लाभ


काठमाडौं । नेपालका लागि जीडब्लुएमका सवारीसाधनहरू (हाभल, पावर, ओरा)का आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिलका साथ ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ ।

यस योजनाअन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा पाँच लाख बराबरको लाभ लिन सक्नेछन् । कम्पनीका अनुसार यो योजनाको अवधि फागुन ३० गतेसम्म रहेको छ, यसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षसम्मको बृहत् बीमा, सात किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् । ओरा ब्रान्डअन्र्तगत ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरूमध्ये एक हो, जुन जीडब्लुएमको इलेक्ट्रिक सवारीसाधनमा पर्छ । यसको रेट्रो–मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अस्ट्रेलिया, न्युजील्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिलीजस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेकोे छ ।

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ । ओरा ०३ लाई शतप्रतिशत इलेक्ट्रिक प्लेटफर्ममा डिजाइन गरिएको छ । साथै, यसलाई एएनक्याप र युरो एनक्याप दुवैबाट फाइभ–स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ । दुवैबाट फाइभस्टार सेफ्टि रेटिङ पाउने केही इलेक्ट्रिक सवारी साधनमध्येमा ओरा ०३ सावित भएको छ । जीडब्लुएम नेपालले आठ वर्ष वा १५ हजार केएम पावर ब्याट्री, ड्राइभ मोटर ओरा ०३ र चार वर्ष वा १५ हजार केएम सबै गाडीमा प्रदान गर्दैछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया