कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।
उक्त मोड्युल सार्वजनिक भएसँगै कामना सेवा विकास बैंकमा खाता खोल्नका लागि ग्राहक स्वयम् उपस्थित हुनुपर्ने छैन । अनलाइन माध्यमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नका लागि बैंकमा स्वयम् उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरूले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने सकिने छ ।
यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लेटफार्म डिजी एकाउन्ट डट कामना सेवा बैक डटकममार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेको जो कोहीले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयरलगायतका सुविधाहरू प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाइन खाता खोल्ने प्रक्रियाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाइट तथा अन्य सामाजिक सञ्जालमा राखिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया