इन्फिनिटी लघुवित्तद्वारा तालिम सञ्चालन
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरूलाई तालिम प्रदान गरेको छ । संस्थाले हालै सुन्दर नगरी पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाको अध्यक्षतामा तालिम सञ्चालन गरेको थियो ।
कार्यक्रममा वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतीहरूलाई सामना गर्दै उपयुक्त अवसरहरूको खोजीमा लाग्नुपर्ने विषयमा तालिम दिइएको थियो । तालिमले लघुवित्त क्षेत्रमा कार्यक्रमको गुणस्तरमा समेत सुधार आउने संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानेश्वर पन्तले बताए । यस्तै, संस्थाका संस्थापकद्वय दिनेश अधिकारी र रवीन नेपालले कार्यक्रममा भएको सिकाइलाई पूर्णरूपमा व्यवहारमा कार्यान्वयन गरी आगामी दिनमा लघुवित्त क्षेत्रमा गुणस्तरीय सेवासहित प्रभावकारी कार्यक्रम विस्तार गर्न आग्रह गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया