Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल


काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकमा यस्तो प्रस्ताव पेस गरेका थिए । विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ ।

बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो । त्यस्तै, यस्ता कसुरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो । बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खानेजस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया