स्वस्तिक लघुवित्तको साधारणसभा सम्पन्न
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिराहाको लहान स्थित केन्द्रीय कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिको अध्यक्ष सत्यनारायण झाबाट पेस भएको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात तथा नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले संस्थापक सेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा सत्यनारायण झा, डा प्रमोदकुमार झा, सुधान्सु शेखर झालाई निरन्तरता दिएको छ । त्यस्तै, महिलाबाट सञ्चालकमा हिरा घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । साधारणसभामा संस्थापक समूहबाट चार जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया