Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड अजोडको साधारणसभा सम्पन्न

युनाइटेड अजोडको साधारणसभा सम्पन्न


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सकोे ३०औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण स्वीकृत गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक जेबी राजभण्डारी एन्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत बोनस सेयर रस सोको कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया