काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।
राससका अनुसार मंगलबार तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता शेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको कारोबार भएको छ ।
विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन् । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ४२, होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ३१, जीवन बीमा समूह शन्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ७४, म्युचुअल फन्ड शून्य दशमलव ०५, निर्जीवन बीमा समूह शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया