भुक्तानी नहुँदा गाउँपालिका कार्यालय भवन निर्माण कार्य अलपत्र
दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेको छ । निर्माण कम्पनीलाई सम्झौताअनुसारको भुक्तानी नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।
पालिकाको प्रशासनिक भवन निर्माणको लागि केन्द्र सरकारले सम्झौताअनुसारको रकम भुक्तानी नगर्दा भवनको फिनिसिङको कामका बीचमै रोकिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । उनका अनुसार तीन चरणमा ठेक्का लगाएर भवन निर्माण कार्य सुरु गरिएको थियो । दुई चरणमा लगाइएको ठेक्काको काम करिब सम्पन्न भए पनि अन्तिमपटक लगाइएको ठेक्काको रकम भुक्तानी ढिलाइ हुँदा काम रोकिएको छ । भवनको रंगरोगन, बिजुलीको लाइन विस्तार, फर्निचर, ट्वाइलेटलगायतको फिनिसिङको काम बाँकी रहेको पालिका अध्यक्ष कार्कीले बताए । आउँदो जेठभित्र बाँकी काम सकेर गाउँपालिकाको सम्पूर्ण सेवा नवनिर्मित भवनबाट दिनेगरी निर्माण सक्न केन्द्र सरकारसँग रकम भुक्तानीका लागि पहल गरिरहेको उनले जानकारी दिए ।
गाउँपालिकाले साढे दुई तलाको भवन निर्माण गर्न प्याकेज÷प्याकेजमा गरी तीन चरणमा दुई करोड ५८ लाखमा ठेक्का लगाएको थियो । पालिकाको ३० प्रतिशत तथा संघीय सरकारको ७० प्रतिशत लागतमा निर्मित उक्त भवन बैठक हलसहित १० वटा कोठा छन् । यता तेस्रो प्याकेजको काम गरिरहेको निर्माण कम्पनी सुपरदेउराली कन्स्ट्रक्सनले भने आर्थिक अभावकै कारण काम नसकिएको जनाएको छ । दुई महिनामा सकिने काम पाँच महिना बितिसक्दा पनि सम्पन्न गर्न नसकेको निर्माण व्यवसायी भागवत खड्काले बताए । पालिकाले सम्झौताअनुसारको रकम चाँडै भुक्तानी दिए वैशाखभित्र बाँकी काम सकेर पालिकालाई भवन हस्तान्तरण गरिने खड्काले बताए । पटक–पटक ताकेता गर्दा समेत सरकारले निर्माण सम्पन्न कार्यको रनिङ बिल समेत भुक्तानी दिन नसकेको उनको गुनासो छ । तेस्रो प्याकेजको काम ८० लाख रुपैयाँमा ठेक्का लागेको थियो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया