कृषि विकास बैंकले डाक्यो साधारणसभा
काठमाडौं । कृषि विकास बैंकले फागुन ३० गते बुधबारका लागि सत्रौँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले केन्द्रीय तालिम प्रतिष्ठान, भक्तपुर बोडेमा बिहान ११ बजे साधारणसभा डाकेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सोसम्बन्धी अनुसूचीलगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१का लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा सर्त तोक्ने सञ्चालक समितिको प्रस्ताव माथि साधारणसभामा छलफल भई निर्णय हुनेछ । साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १५ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया