सामुदायिक लघुवित्तको अर्धवार्षिक समीक्षा
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा तथा रणनीतिक योजना र जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । २०८० फागुन ५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको तीन दिने कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरू, केन्द्रीय÷क्षेत्र कार्यालयका अधिकारीलगायत शाखा प्रमुखको सहभागिता थियो ।
कार्यक्रममा सहभागीबाट अर्धवार्षिक प्रगति समीक्षा, भावी रणनीति सम्बन्धमा विस्तृत छलफल गरिएको थियो । कर्जा जोखिम व्यवस्थापन, खराब कर्जा असुली र धाँदली नियन्त्रण सम्बन्धमा लघुवित्त क्षेत्रको विशेष स्रोतव्यक्ति गोविन्दबहादुर रावतले सहजीकरण गरेका थिए । स्वास्थ्य र सुरक्षाअन्तर्गत मधुमेह र उच्च रक्तचाप सम्बन्धमा डा सुमित प्रजापति र लघुम्यादी बीमा सम्बन्धमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका विभागीय प्रमुख बिजया पौडेलले सहभागीहरूसँग छलफल तथा अन्तर्क्रिया गरेका थिए ।
तालिम कार्यक्रममा केवाईसी, एएमएल सीएफटीसम्बन्धी र लेखासम्बन्धी व्यावहारिक तालिम तथा संस्थाको वर्तमान अवस्था, समस्या र सवालहरूमा सञ्चालक समितिका पदाधिकारीहरू एवम् केन्द्रीय अधिकारीहरूबाट सहभागीहरूसँग अन्तर्क्रियाको कार्य भएको थियो ।
कार्यक्रमका सभापति एवम् लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरले तालिमबाट सिकेको ज्ञान सिप व्यवहारमा लागू गरी कार्यक्षमता र कार्यदक्षता वृद्धि गर्ने अपेक्षा राख्दै सम्बन्धित सबैलाई धन्यवाद दिई कार्यक्रमको समापन गरेकी थिइन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया