Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’को समयमा अनधिकृतरूपमा सवारी पासको दुरूपयोग गर्ने प्रहरी नियन्त्रणमा

‘लकडाउन’को समयमा अनधिकृतरूपमा सवारी पासको दुरूपयोग गर्ने प्रहरी नियन्त्रणमा


काठमाडौं, जेठ २०
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि सरकारले २०७६ चैत ११ गतेदेखि विभिन्न चरणमा गरी यही जेठ ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सोही क्रममा लकाउनको समयमा अत्यावश्यक कामको लागि सरकारले जारी गरेको सवारी पासको अनधिकृतरूपमा दुरूपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुुमार केसीका अनुसार सजन देवकोटालाई सोमबार नियन्त्रणमा लिइएको हो । कार्यालयको नाम शंकर ग्रुप उल्लेख गरी हुण्डाइको क्रेटा गाडीको लागि देवकोटाले लकडाउनको समयमा काठमाडौं उपत्यकाभरि चलाउन पाउने गरी सवारी पास लिएका थिए । तर, उनको नाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुुनै सवारी पास जारी नभएको भन्ने जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएपछि अनुसन्धानको लागि देवकोटालाई नियन्त्रणमा लिएका हौं, प्रवक्ता केसीले भने । नियन्त्रणमा लिएका देवकोटा उपर थप अनुसन्धान भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x