Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा रिलायन्सद्वारा असहाय व्यक्तिलाई सहयोग प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिलाई सहयोग प्रदान


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असहाय व्यक्तिलाई सहयोग प्रदान गरेको छ । कम्पनीले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई एक लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीका डेपुटी सीईओ निराजन कँडेल, एरिया म्यानेजर ईशा प्रधानलगाएतको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले पाँच वटा कृत्रिम खट्टाहरू र तीन वटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया