काठमाडौं । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा.लि.बीच ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो ।
पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवद्र्धक कम्पनी (गुराँस हाइड्रो) का अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् । सुख्खा याम (मंसिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो । आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिए । विद्युत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो । यस आयोजनाको बाँध संरचना संखुवासभाको सिलिचिङ गाउँपालिकमा रहेको छ भने विद्युत गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ । आयोजनाको विद्युत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।
२०७७ सालमा विद्युतको ग्रिड कनेक्सन सम्बन्धि सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया