सीएनआई इकोनोमिक सरभाइभल सिरिज पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक
काठमाडौं, जेठ २०
नेपाल उद्योग परिसंघले जेठ ५ देखि ८ गतेसम्म आयोजना गरेको इकोनोमिक सरभाइभल सिरिजको पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेको छ । वेबिनारमार्फत परिसंघका अध्यक्ष सतिशकुमार मोरले रिपोर्टको स्क्रिन सेयर गरी पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेका हुन् । सो रिपोर्टमा कोभिड–१९ बाट अर्थतन्त्रलाई कसरी बचाउने भनी इकोनोमिक सरभाइभल थिममा रहेर आयोजना गरिएको वेबिनारमा भएको छलफल र विचारहरु समेटिएको छ । वेबिनारको चार सिजनमा बैंक तथा वित्त, ऊर्जा र कृषिमा सुदृढिकरण, उद्योर र श्रमको पुर्न संचालन र अर्थतन्त्रको पुनरुत्थानबारे छलफल भएको थियो ।
रिपोर्ट सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अहिलेको विषम परिस्थितिमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्न नसक्ने उल्लेख गर्दै सबै मिलेर आर्थिक संकटको सामना गर्ने र पुनरुत्थानमा जुट्न आवश्यक रहेको निष्कर्ष यो रिपोर्टले प्रस्तुत गरेको बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले प्रस्तुत रिपोर्टले कोभिड–१९ ले अर्थतन्त्रमा देखिएका संकट समाधान गर्नेतर्फ अघि बढ्न सघाउने बताए । परिसंघले सम्बन्धित निकायहरुमा पनि यो रिपोर्ट प्रस्तुत गर्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया