Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापार, व्यवसाय सञ्चालनको विषयमा व्यापारीहरुको चिन्तन

व्यापार, व्यवसाय सञ्चालनको विषयमा व्यापारीहरुको चिन्तन


बाँके, जेठ २०
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको ६९ दिन पुगेको र अझै कति दिन सम्म लम्बिने हो भन्ने कुराको एकीन गर्न सकिने अवस्था छैन । सर्वसाधारण आवतजावतमा कडाइ गरिनुका साथै उद्योग, कलकारखाना एवं अधिकांश व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा बाँकेका उद्योगी, व्यवसायीमा पनि अन्योल बढ्दै गएको प्रति चिन्तित बनेका छन् ।

ऋणको भारी बोकेर व्यापार व्यवसाय चलाएका व्यवसायी सबैभन्दा प्रभावित भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उकुसमुकुस भएका व्यवसायीले अब कसरी अगाडी बढ्ने भन्दै चिन्ता व्यक्त गरिरहेको बताए । सोही विषयलाई लिएर सोमबार संघले व्यावसायिक अगुवाहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी व्यवसायीले आवश्यक सुरक्षा उपाय अपनाएर व्यापार व्यवसाय सञ्चालनका लागि बजार खुकुलो पार्नुपर्ने सुझाव दिएका छन् । यस सम्बन्धमा छिटो निर्णय नलिने हो भने धेरै व्यवसायी घर न घाटको हुने अवस्था आउने व्यवसायीले बताए ।

बाँके जिल्ला कोरोनाको हटस्पट जिल्ला हो । यहाँ एक जनाको मृत्यु र १ सय ९० भन्दा बढी संक्रमित भइसकेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै लगेको छ । बजार कसरी सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा संघले प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने महासचिव चिरञ्जीवी ओलीले बताए । छलफलमा जे निष्कर्ष निस्किन्छ त्यसैअनुसार अगाडि बढ्ने ओलीको भनाइ छ । ओलीले लकडाउन धेरै लम्बिएकाले सचेत रहँदै व्यापार व्यवसाय खुकुलो बनाउँदै लैजानुपर्ने राय अधिकांश व्यवसायीको रहेको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x