Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई पेको ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक डिजिटल बीमा फिचर

आइएमई पेको ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक डिजिटल बीमा फिचर


काठमाडौं । आइएमई पेले आईजीआई प्रिडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ– सुरक्षित भव’ नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट व्यक्तिगत दुर्घटना बीमाअन्तर्गत बीमित व्यक्ति र तिनका परिवारले आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा पाउनेछन् ।

कम्पनीका अनुसार तीन सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सकिनेछ । साथै, बीमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् । यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ । डिजिटल फाइनान्सियल सर्भिसमार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोशेढुंगा साबित हुने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया