Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन सेक्युरिटिजद्धारा “सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन

सन सेक्युरिटिजद्धारा “सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन


काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले मा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाण्डौ महानगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।

संस्थाको कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरूलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत संस्थाले सो वडाका स्थानीय वासिन्दाहरूलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरेको छ । कार्यक्रममा सो वडाका सचिव सर्वज्ञ राज पौडेल संस्थाले संचालन गरेको कार्यक्रमबाट वडाबासी लाभान्वित हुने बताए । साथै शेयरबजारमा लगानी गरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने उनले बताए ।

यसैगरी सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले यस वडाभित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण वडाबासीहरूले पाउन भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए । यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने उनले जानकारी दिए । यसबाहेक पनि वडावासी स्थानीयहरूले सन सेक्युरिटिजको कार्यालयमा कार्यालयसमयभित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरू राख्न सक्ने उनले बताए ।

कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा करिब ६० जना स्थानीयहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया