समृद्धि फाइनान्सका तीन शाखाको रक्तदान कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सका तीन वटा शाखाले एकसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सो संस्थाका शाखा कार्यालयहरू पुतलीसडक, नारायणगढ र बुटवलले शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरेका हुन् । रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै सो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
उक्त कार्यक्रम बुटवलको रक्तसञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्यान्डमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा एक सय ३१ युनिट रक्त संकलन भएको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाको लागि फरक–फरक कार्यक्रमहरू तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको र आगामी महिनाहरूको लागि विभिन्न मितिहरूमा अन्य कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया