Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा कुल कोरोना संक्रमित २ हजार ९९ पुगे

नेपालमा कुल कोरोना संक्रमित २ हजार ९९ पुगे


काठमाडौँ, जेठ २१
कोभिड–१९ को सङ्क्रमण दिनदिनै ठूलो संख्यामा बढ्नथालेको छ । मंगलबार एकै दिन २ सय ८८ जनामा भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ८८ जनामा सङ्क्रमण देखिएको बताएका हुन् । सङ्क्रमितमा २ सय ७० पुरुष र १८ महिला छन् । यसअघि सोमबार २ सय ३९, गत शनिवार १ सय ८९ र गत शुक्रबार १ सय ७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९ सय ४९ र महिला १ सय ५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x