आन्तरिक राजस्वद्वारा जेठ २५ गतेसम्म कर बुझाउन निर्देशन
काठमाडौँ, जेठ २१
विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) महामारी फैलिएपश्चात् अन्य देशहरुले जस्तै नेपालले पनि चैत ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । विभिन्न चरणमा थप भएको उक्त लकडाउनको अवधि यही जेठ ३२ गतेसम्म तोकिएको छ । लकडाउनका कारण आम नागरिकको दैनिक जीवन निकै कष्टकर बन्दै गइरहेको छ । उद्योग, व्यापार, कलकारखाना, पसल, सबै बन्द रहेका छन् । लकडाउनका कारण दैनिक जीवन निकै कष्टकर बन्दै गएपछि सानातिना व्यवसायीहरु व्यवसाय बन्द गरेर अहिले आ-आफ्नो थाँतथलो गएका छन् ।
सरकारबाट अहिलेसम्म कुुनै राहत सुविधा नपाएका आम नागरिकहरुको दैनिक जीवन निकै कष्टकर बनिरहेको अवस्थामा आन्तरिक राजस्व विभागले भने यही जेठ २५ गतेसम्म कर बुझाउन सार्वजनिक सूचना नै जारी गरेको छ । विभागद्वारा जारी गरिएको सूचनाअनुुसार मूल्यअभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७६ साल फागुुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर फागुनको चौमासिक कर विवरण तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ ।
यसैगरी अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुुपर्ने विवरण तथा ती विवरणबमोजिम अन्तःशुल्क दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ । आयकर ऐन २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरणबमोजिमको कर दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ । आन्तरिक राजस्वका अनुसार आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने चालू आर्थिक वर्षको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने यही जेठ मसान्तसम्म तोकिएको छ ।
विभागले आर्थिक ऐन २०७६ को दफा ८ को उपदफा २ बमोजिम २०७६ फागुन र चैत महिनाको सेवाशुल्क दफा १४ को उपदफा २ बमोजिमको टेलिफोनको स्थायित्व शुल्क तथा दफा १५ को उपदफा ३ बमोजिमको दूर सञ्चार दस्तुर दाखिला गर्ने म्याद यही जेठ २५ गतेसम्म तोकिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया